• २५ पुस २०८१, बिहिबार

सहजीकरण गर्न आग्रह

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार २३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले संयुक्त अरब इमिरेटस् (यूएई)मा कार्यरत नेपाली श्रमिकले भोग्दै आएको समस्याको समाधानमा सहजीकरण गर्न नेपालका लागि यूएईका राजदूतसँग आग्रह गर्नुभएको छ । 

श्रममन्त्री कुँवर र नेपालका लागि यूएईका राजदूत सइद अल नक्वीबीच बुधबार मन्त्रालयमा भएको भेटमा यस्तो आग्रह गर्नुभएको हो । भेटका अवसरमा मन्त्री कुँवरले यूएईबाट नेपाली श्रमिकका लागि नयाँ प्रस्ताव आएमा दुई देशबीच सरसल्लाह गरेर अगाडि बढने जानकारी दिनुभयो ।

साथै उहाँले यूएईका ठूला लगानीकर्तालाई नेपालको पर्यटन उद्योग, हाइड्रोपावर, चिकित्सा शिक्षा, इन्जिनियरिङ र सेवा क्षेत्रमा लगानी गर्नसमेत आह्वान गर्नुभयो ।भेटमा यूएईका राजदूत सइद अल नक्वीले यूएई र नेपाली बीचको श्रम सम्बन्धलाई अझै बलियो र विश्वसनीय बनाउन आफ्नो तर्फबाट पूरा सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।