• १३ साउन २०८१, आइतबार

अर्थमन्त्रीको राजिनामा बटमलाइन : नेता भट्टराई

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २२ गते । नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइन भएको बताउनुभएको छ । बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

अर्थमन्त्री शर्माको राजीनामासँगै सर्वदलीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने उहाँले बताउनुभयो । सीसीटीभी फुटेज मेटाउने र सूचना बेपत्ता पार्नेलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो– ‘अर्थमन्त्रीको नियत खराब छ भन्ने कुरा प्रष्ट देखिन्छ ।’ छानबिन गर्न सर्वदलीय संसदीय छानबिन समितिको माग आफूहरुले गरेको उहाँले बताउनुभयो । 

‘सीसीटीभी फुटेज मेटाउने, सूचनालाई बेपत्ता गर्ने जति पनि मानिसहरु छन् तिनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ’ उहाँले भन्नुभयो । सार्वजनिक पदमा बसेको मानिसले गम्भीर अपराध गरिसकेपछि केही कानुनहरु यसमा आकर्षित हुने उहाँको भनाइ छ । 

“नेपालको मुलुकी अपराध संहिता यसमा आकर्षित हुन्छ । साइबर कानुन यसमा आकर्षित हुन्छ । सीसीटीभी फुटेज व्यवस्थापन सम्बन्धीका निर्देशिकाहरु यसमा आकर्षित हुन्छन्” भट्टराईले भन्नुभयो, “यो अर्थमन्त्री शर्माको पदीय दुरुपयोग हो । अर्थमन्त्रीमाथि कारबाही चलाउनु पर्छ ।”