• १३ साउन २०८१, आइतबार

चट्याङ लागेर दुई महिला घाइते

blog

राजु लामिछाने

रुकुम पश्चिम, असार २२ गते । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ मा चट्याङ लागेर दुई जना महिला घाइते भएका छन् । मङ्गलबार परेको चट्याङ लागेर सुर्किमारे गाउँका ४६ वर्षिया लक्ष्मी ओली र बोहरा गाउँका ३० वर्षिया कौशिला महतारा बोहरा घाइते हुनुभएको हो । 

घरमै रहेको अवस्थामा चट्याङ लागेर उहाँहरु घाइते हुनुभएको स्थानीय दिलबहादुर ओलीले जानकारी दिनुभयो । घाइतेहरुको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । दुबै जनाको स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएको ओलीले बताउनुभयो । उहाँहरुको अवस्था सामान्य रहेको छ । 

चट्याङका कारण स्थानीय अतिराम ओलीको घरमा सामान्य क्षति पुगेको छ । उहाँको घरको सोलारमा क्षति भएको छ । त्यसैगरी सोहि दिन चट्याङ लागेर स्थानीय मोेतविर बोहराको एक भैंसी मरेको छ । चट्याङले उहाँको घर चर्किएको छ । चट्याङका कारण स्थानीयको घरमा जडान गरिएका बिजुलीका बल्बहरुमा क्षति पुगेको छ ।