• ८ वैशाख २०८१, शनिबार

नेप्से कारोबार रकममा गिरावट

blog

काठमाडौं, असार २१ गते । मंगलबार नेप्से परिसूचकसँग कारोबार रकममा गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४६.०८ अङ्कले घटेर २०३०.५९ बिन्दुमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ फ्लोट इण्डेक्स ८.७१ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ३.१६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२५ अङकले घटेको छ ।

आज कारोबारमा आएका २२९ कम्पनीको ८६ लाख १३ हजार कित्ता शेयर दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ ।

सोमबार नेप्से परिसूचक सामान्य अङ्कले गिरावट आएपनि कारोबार रकम तीन महिना यताकै उच्च भएको थियो । सोमबार चार अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

मंगलबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये व्यापार, अन्य, लगानी र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

आज नेप्से परिसूचक ओरालो लागे पनि दुईवटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त र ङादी गु्रप पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यसैगरी, आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर यता, घलेम्दी हाइड्रोपावरका शेयर मूल्य ६.६० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा ३० करोडभन्दा बढी कारोबार गरेर सानिमा बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । अरुण काबेली हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।