• २६ कात्तिक २०८२, बुधबार

अवरोधका बावजुद गाजामा जीवन बचाउन हरेक प्रयास गर्ने संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धता

blog

न्यूयोर्क, कात्तिक २६ गते । संयुक्त राष्ट्र सङ्घले आफ्ना मानवीय साझेदारसँग मिलेर गाजा पट्टीमा जीवन बचाउन सम्भावित हरेक प्रयास गर्ने आफ्नो प्रतिबद्धता जनाउँदै हमास र इजरायलबिचको युद्धविराम सम्झौता भएको लामो समयपछि पनि राहत प्रयास जारी रहेको जनाएको छ ।

मानवीय मामिला तथा आपतकालीन राहत संयोजकका लागि संयुक्त राष्ट्रसङ्घका उपमहासचिव टम फ्लेचरले विज्ञप्तिमा जारी गर्दै १० लाख भन्दा बढी मानिसलाई खाद्यान्न सहायता प्रदान गर्ने, पोषण केन्द्र पुनः खोल्ने र खोप अभियान पुनः सुरु गर्ने जनाउनु भएको छ । 

यसका साथै उहाँले पानीका लाइन मर्मत गर्ने, अस्पताललाई पुनः स्थापना गर्ने र सञ्चालनमा ल्याउने जाडोको कपडा वितरण गर्नुका साथै मनोसामाजिक सहायता सेवा प्रदान गर्ने जस्ता मानवीय कार्य जारी रहेको बताउनु भएको छ । यद्दपी धेरै अवरोध बाँकी रहेको जनाउदै यसलाई पार गर्न, आवश्यक मानवीय साझेदारलाई सक्षम बनाउन, थप सीमा मार्ग खोल्न र निरन्तर शान्ति सुरक्षा  प्रवद्र्धन गर्न काम गरिरहेको फ्लेचरले बताउनु भएको छ ।  

प्रतिबन्ध कम भएमा संयुक्त राष्ट्रसङ्घले जीवन बचाउन अझ धेरै कार्य गर्न सक्ने उल्लेख गर्दै उहाँले नाजुक अवस्था र निरन्तर अवरोधको बाबजुद, संयुक्त राष्ट्रका एजेन्सी तथा साझेदार गाजामा सहायता पुर्‍याउन निरन्तर सक्रिय रहेको जनाउनु भएको छ । रासस/क्यूएनए