• १८ कात्तिक २०८२, मङ्गलबार

गोरखापत्रका फोटोपत्रकार चौलागाईलाई मातृशोक

blog

स्वर्गीय रेवकुमारी चौलागाईं

काठमाडौं, कात्तिक १८ गते । गोरखापत्र संस्थानका फोटोपत्रकार शेखर चौलागाईंलाई मातृशोक परेको छ । उहाँकी आमा रेवकुमारी चौलागाईंको ९३ वर्षको उमेरमा सोमबार राती ११ बजे निधन भएको छ । 

पारिवारिक स्रोतका अनुसार, भक्त्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ८ चौलागाईं टोलमा रहेको निवासमा उहाँको निधन भएको हो । 

उहाँको पार्थिव शरीरलाई मङ्गलबार बिहान स्थानीय महादेव घाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय रेवकुमारीका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।