जानु पाण्डे
कपिलवस्तु, कात्तिक १८ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ शिवनगरमा दुई अटो आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा महाराजगन्ज नगरपालिका–११ बडेगाउँकी ३५ वर्षीय विष्णु धरीकार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।
अटोमा सवार मृतक धरीकारका छोरा ५ वर्षीय विशाल धरीकार र छोरी १० वर्षीय अंशिका धरीकार घाइते भएका छन् । उनीहरू दुवैको टाउकामा चोट लागेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ करिब ५ः३० बजे कृष्णनगरबाट बहादुरगंजतर्फ जाँदै गरेको लु १ ह २६९ नं. को अटोले सोही दिशा तर्फ जाँदै गरेको लु १ ह ८२४ नं. को अटोलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा संलग्न लु १ ह २६९ नं. अटो चालक ३० वर्षीय रञ्जित अग्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्का अटो चालक हाल फरार रहेको र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।