• १७ कात्तिक २०८२, सोमबार

रियललाई पछ्याउँदै बार्सिलोना

blog

गोल गरेपछि बार्सिलोनाका लामिन यमाल । तस्बिर : गेट्टी इमेज

काठमाडौँ, कात्तिक १७ गते । बार्सिलोनाले स्पेनिस ला लिगामा शीर्षटोली रियल म्याड्रिडलाई पछ्याउने क्रम जारी राखेको छ । 

लिगअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा बार्सिलोनालाई जिताउन लामिन यमालले  नवौँ, फेरान टोरेसले ११औँ र मार्कस रासफोर्ड ६१औँ मिनेटमा गोल गर्नुभयो । 

इल्चेका राफा मीरले ४२औँ मिनेटमा सान्त्वना गोल फर्काएनुभएको थियो । जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाले ११ खेलबाट २५ अङ्क बनाएको छ ।

शीर्षस्थानमा रहेको रियल म्याड्रिडको समान खेलबाट ३० अङ्क छ । पराजित इल्चे १४ अङ्कसहित नवौँ स्थानमा छ । एजेन्सी