• १७ कात्तिक २०८२, सोमबार

सबै मन्त्रीसँग कार्य प्रगतिको विवरण लिन बैठक

blog

प्रधानमन्त्रीको पहलमा सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, कात्तिक १७ गते । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गर्नुभएको छ। 

बैठक सिंहदरबारमा जारी छ । सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ । प्रधानमन्त्रीले आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा निर्देशन दिनुहुनेछ भन्ने जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले दिनुभयो ।