जाजरकोट समाचारदाता
जाजरकोट, कात्तिक १७ गते । यहाँको भेरी नगरपालिका–११, महतारागाउँका १६ वर्षीय गगनबहादुर महतारा जन्मजात पूर्ण अपाङ्गता हुनुहुन्छ । नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा उहाँ सरकारी सेवासुविधाबाट वञ्चित हुनुभएको छ ।
आफ्नो अपाङ्गता भएको छोरोलाई नागरिकता प्रमाणपत्र दिलाउन बुवा कर्णबहादुरले पाँच घण्टा डोकामा बोकाएर खलङ्गास्थित जिल्ला प्रशासन कार्यालय पु¥याउनु प¥योे । त्यस्तै सोही ठाउँका २२ वर्षीय लिलबहादुर कार्की पनि पूर्ण अपाङ्गता हुनुहुन्छ । लिलबहादुरलाई नागरिकता दिलाउन उहाँका बुवाले पिठिउँमा छ घण्टासम्म बोकेर जिल्ला प्रशासन कार्यालय पु¥याउनुभयो । उहाँहरू दुई जना त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ, उहाँहरू जस्तै यहाँका अपाङ्गता भएका व्यक्तिलाई सरकारी सेवा पाउन निकै सास्ती हुने गरेको छ ।
जिल्लामा अपाङ्गतामैत्री पूर्वाधार नहुनु, सडक यातायातको सुविधा नहुनुलगायतका कारण अपाङ्गता भएकालाई सरकारी सेवा सुविधा पाउन सास्ती भएको हो । नागरिकता, सामाजिक सुरक्षा भत्तालगायत पाउन यहाँका अपाङ्गता भएका व्यक्तिलाई समस्या भएको छ । उक्त सेवा लिन दुर्गम गाउँका अपाङ्गता भएका व्यक्तिलाई सदरमुकाम खलङ्गा आउनैपर्ने बाध्यता छ । अपाङ्गता भएका छोराको नागरिकता बनाउन चार हजार रुपियाँ ज्याला दिने सर्तमा स्ट्रेचरमा बोकाएर ल्याएको गगनबहादुरका बुवा कर्णबहादुरले बताउनुभयो । आर्थिक अभाव र बोक्ने मान्छे नपाउँदा कतिपय अपाङ्गता भएकाले खलङ्गामा आएर सेवा लिन नसकेको उहाँको भनाइ छ ।
अपाङ्गता स्वावलम्बन केन्द्र जाजरकोटका अध्यक्ष नरबहादुर पुनले अपाङ्गता भएका व्यक्तिको शारीरिक समस्यालाई ध्यानमा राखेर सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । सरकारी सेवा प्रवाहको प्रव्रिmया अपाङ्गतामैत्री नभएको उहाँकोे भनाइ छ । सात वटै स्थानीय तहमा पटक पटक नागरिकता टोली पठाएर अपाङ्गता भएका व्यक्तिको नागरिकता पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो । हाल यस जिल्लामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या एक हजार ९३६ रहेको पुनको भनाइ छ ।