• १३ कात्तिक २०८२, बिहिबार

पाकिस्तानी जेलबाट ३०० भन्दा बढी अफगान कैदी मुक्त भई स्वदेश फिर्ताः मन्त्रालय

blog

काबुल, कात्तिक १३ गते । गत हप्तामा पाकिस्तानी जेलबाट ३०५ जना अफगान कैदी रिहा भई सुरक्षितरूपमा अफगानिस्तानमा फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

कैद मुक्त गरिएका कैदीलाई एक दिनदेखि दुई महिनासम्मको सजायको लागि पाकिस्तानका विभिन्न स्थानमा राखिएको थियो । उनीहरु दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तान फर्किएको मन्त्रालयले जनाएको छ । स्वदेशमा उनीहरूले तत्काल आवाश्यक मानवीय सहायता प्राप्त गरी पुनःएकीकरण समर्थनका लागि उनीहरूको गृह प्रान्तमा सारिएको मन्त्रालयले जनाएको छ ।  

गत जुलाईको अफगान विदेश मन्त्रालयको तथ्याङ्क अनुसार दश हजार भन्दा बढी अफगान नागरिक विदेशमा बन्दी बनाइएका छन्, भने अधिकाशं छिमेकी इरान र पाकिस्तानमा रहेका छन् । रासस/सिन्ह्वा