शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रेम अधिकारी
पशुपतिनगर(इलाम) कात्तिक १३ गते । इलामको देउमाई नगरपालिका–१ कुखुरे स्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते भएका छन् ।
तेह्रथुमबाट झापा जाँदै गरेको बोलेरो (मे १ ज ३१३७) र इलामबाट पाँचथरतर्फ जाँदै गरेको मोटरसाइकल (प्र १–०१–०१६ प १३६७) एकआपसमा ठोक्किँदा बिहीबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक पाँचथरको हिलिहाङ गाउँपालिकाका ३६ वर्षीय लक्ष्मीप्रसाद मैनालीसहित १० जना घाइते हुनुभएको हो ।
घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख (एसपी) एकनारायण कोइरालाले जानकारी दिनुभयो । बोलेरो सडकबाट करिब १० मिटर तल खसेको छ ।