शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
इस्लामावाद, कात्तिक १३ गते । अफगान तालिबान र आयोजक देशको अनुरोधपछि पाकिस्तानले टर्कीको इस्तानबुलमा अफगान तालिबानसँग वार्ता प्रक्रिया पुनः सुरु गर्न सहमत भएको पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत गर्दै बिहीबार सिन्ह्वाले जनाएको छ ।
स्रोतले पाकिस्तानी प्रतिनिधिमण्डल, वार्ताका लागि इस्तानबुलमा रहने बताएको छ । “शान्तिलाई अर्को मौका दिन वार्ता प्रक्रिया पुनः सुरु गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ । आगामी चरणको वार्ताले अफगानिस्तानले आफ्नो भूमिबाट सञ्चालित आतङ्कवादी समूहविरुद्ध स्पष्ट, प्रमाणित र प्रभावकारी कारबाही गर्नुपर्ने पाकिस्तानको मुख्य माग रहेको जनाइएको छ ।
पाकिस्तानका सूचना तथा सञ्चार मन्त्री अत्ताउल्लाह तारारले बुधबार इस्तानबुलमा आयोजित पाकिस्तान-अफगानिस्तान वार्ता असफल भएको बताउनुभएको छ । रासस/सिन्ह्वा