• १३ कात्तिक २०८२, बिहिबार

विश्वकप लिग–२ युएईविरुद्ध कप्तान रोहित पौडेलको शतक

blog

नेपालका कप्तान रोहितकुमार पौडेल । तस्बिर: क्यान

काठमाडौँ, कात्तिक १३ गते । आइसिसी विश्वकप लिग–२ शृङ्खलामा यूएईविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाउनुभएको छ ।  

दुबई एकेडेमी टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान पौडेलले पाँच चौका र एक छक्काको मद्दतमा १२६ बलको सामना गर्दै  शतक पूरा गर्नुभएको हो । 

एकदिवसीयमा कप्तान पौडेलको यो दोस्रो शतक हो । यसअघि पपुवा न्युगिनीविरुद्ध शतक प्रहार गर्नुभएको थियो । 

यूएईविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले ३५, आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरीले २३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सक्नुभएन।