शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, असार १९ गते। नेकपा (एमाले) को सचिवालय बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा पार्टीको आन्तरिक जीवन एवम् साङ्गठनिक विषयमा छलफल भइरहेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो।
‘‘पार्टीको आन्तरिक जीवन, निर्वाचन, साङ्गठनिक र जिम्मेवारी बाँडफाँटको विषयमा छलफल चलिरहेको छ’’, अधिकारीले भन्नुभयो।
बैठकमा आगामी सङ्घ र प्रदेशको निर्वाचन तयारी लगायत जिम्मेवारी बाँडफाँट सम्बन्धमा बैठकमा छलफल भएको उहाँले बताउनुभयो।
