• १२ कात्तिक २०८२, बुधबार

सरकार र राजनीतिक दलसँगको वार्तामा सहभागी हुने जेनजी प्रतिनिधिको नाम सार्वजनिक

blog

फाइल तस्बिर

काठमाडौँ, कात्तिक १२ गते। सरकार र रजनीतिक दलसँग वार्ता गर्र्ने जेनजीका १३ प्रतिनिधिको नाम सार्वजनिक भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसार सरकार र राजनीतिक दलसँगको वार्तामा सहभागी हुन् विभिन्न जेनजी समूहले १३ जनाको नाम पठाएका हुन्। 

सरकार र राजनीतिक दलसँगको वार्तामा जेनजी प्रतिनिधिका रुपमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपार्जन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल, राजन रानामगर सहभागी हुनुहुनेछ।