• १० कात्तिक २०८२, सोमबार

पूजा सामग्रीले सजिएका तराईका छठ घाट

blog

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बरूण सरोवरमा सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न व्रतालुहरूले सजाएर राखेका पूजा सामग्री । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

जलेश्वर, कात्तिक १० गते । तराईमा सोमबार छठको विशेष रौनकता छ । विभिन्न छठी घाट पूजा सामग्रीले सजिएका छन् । होत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बरूण सरोवर  र लहानको खुट्टीखेलामामा देखिएको पूजा सामग्रीको सजावट र चहलपहल । 


 सिराहाको लहान नगरपालिका–५, खुट्टीखोलामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि पूजा सामग्रीसहित छठ घाटमा बसेका भक्तजन ।  तस्बिरः सुदिप राउत/रासस 


धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४, कुम्हरौलस्थित थान पोखरीमा अस्ताउँदो सूर्यलाई भाकल गरेअनुसार पूजाअर्चना गर्दै व्रतालु। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस


सर्लाहीको सदरमुकाम मलङ्गवा–४, शिवसागर पोखरीको छठ घटमा सोमबार अस्ताउन लागेको सूर्य भगवानलाई पूजाअर्चना गर्न बसेका व्रतालु । तस्बिरः विश्वनाथ ठाकुर/रासस