• ९ कात्तिक २०८२, आइतबार

ब्रेस्टलाई हराउँदै पिएसजी शीर्षस्थानमा

blog

काठमाडौँ, कात्तिक ९ गते । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा ब्रेस्टविरुद्ध सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पाहुना टोली पिएसजीले ब्रेस्टलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा पिएसजीलाई जिताउन अचरफ हाकिमीले २९औँ र ३९औँ मिनेटमा दुई गोल गर्नुभयो । डेसिरे डुएले इन्जुरी समयमा एक गोल गर्नुभएको थियो । 

जितसँगै नौ खेलबाट २० अङ्क बनाएको पिएसजी शीर्षस्थानमा छ । पराजित ब्रेस्ट समान खेलबाट नौ अङ्क जोड्दै १२औँ स्थानमा छ । अर्को खेलमा लेन्सले मार्सेलीलाई २–१ गोलले हरायो । जितसँगै १९ अङ्क बनाएका लेन्स दोस्रो स्थानमा छ । पराजित मार्सेली १८ अङ्कसहित तेस्रो स्थानमा छ ।  

यस्तै इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ४–२ गोलले हराएको छ । युनाइटेडको जितमा बायर्न एमबेउमोले दुई तथा म्याथ्युज कुन्हा र क्यासिमिरोले एक एक गोल गर्नुभयो ।

ब्राइटनका ड्यानी वेलबेक र चार्लाम्पोस कोस्टौलासले एक एक गोल फर्काएनुभयो । जितसँगै नौ खेलबाट १६ अङ्क बनाएको युनाइटेड चौथो स्थानमा उक्लिएको छ । पराजित ब्राइटन १२ अङ्कसहित १३औँ स्थानमा छ । एजेन्सी