• ३१ असोज २०८२, शुक्रबार

पुष्प ब्यबसायबाट राम्रो आम्दानी गर्दै फूल व्यवसायी

blog

फूलमा रमाउँदै पुष्प व्यवसायी ।

गोरखापत्र अनलाइन

रुपन्देही, असोज ३१ गते । मानिसहरु हरेक दिन उठ्ने बित्तीकै सामाजिक सञ्जाल हेरेर आफ्नो धारणा बनाउँछन् । धेरै समय मोबाइलमा बिताउने गर्छन् । तिलोत्तमाका पुष्प ब्यबसायी ईश्वरी भण्डारी भने मोबाईलको साटो बिहान उठ्ने बित्तीकै फूलका बिरुवाको स्याहारमा लाग्नुहुन्छ । फूल बेचेर राम्रो आम्दानी पनि गर्नुभएको छ । 

रुपन्देहीको तिलोत्तमामा फूलको ब्यबसाय फस्टाउँदैगएको छ । फूलका कृषक पनि यस खेतीबाट खुशी हुनुहुन्छ । यसले रोजगारी र आम्दानीको भरथेग गरेको छ । पूजाआजा होस् या चाड पर्ब यसको उपयोग बढ्दा ब्यबसायीलाई हौसला मिलेको छ । यसको उपयोगिता बढ्दा तिलोत्तमा नगरभित्र मात्र १० भन्दा बढी ब्यसायीहरु  निर्भर छन् । 

पुष्प ब्यबसायबाट राम्रो आम्दानी भएपछि हौसिदै ग्रीनजोन एग्रो फर्म तिलोत्तमा २ का ब्यबसायी ईश्वरी भण्डारी खुशी हुनुहुन्छ । एक दशकबाट यस क्षेत्रमा लागेको उहाँको अनुभबले राम्रै आम्दानी गरेको देखाउँछ । खेती किसानी जहिले पनि दुःखको पेशा भएकाले धुलोमैलोमा खेल्नुपर्ने बाध्यता हो, जसबाट मानिस स्वस्थ पनि हुन्छ भन्ने भण्डारीको बुझाइ छ। 

फूल फुलिसकेपछि वातावरण पनि राम्रो देखिन्छ । फूल फुलाउन मेहनत र परिश्रम पनि धेरै गर्नुपर्छ । । फूल फुलेको देख्दा गरेको मेहनत र दुःख बिर्सिनेगरेको उहाँको भनाइ छ । तिहार नजिकै आएको छ । फूल किन्न आउनेको घुइचो लागेको उहाँले बताउनुभयो । 

राज्यले किशानलाई सहुलीयत दिन नसक्दा भारतीय बजारबाट आउने फूलहरुसँग प्रतिस्पर्धा गर्न कठिन रहेको भण्डारीले बताउनुभयो । फूल बेचेर मासीक ५० हजारको कमाई भइरहेको उहाँले बताउनुभयो । भारतीय बजारबाट सस्तो फूलका माला आउदा हामीलाई समस्या हुन्छ उहाँले भन्नुभयो । भारत सरकारले किसानलाई बिभिन्न अनुदान दिएर प्रोत्साहन गर्ने गरेकाले त्यहाँको फूल सस्तो हुनेगरेको भण्डारीले बताउनुभयो । हाल डेढ बिघामा फूलको खेती गर्देआएका भण्डारीको बारीमा सबै सिजनमा फूल उपलब्ध हुन्छ । 


त्यस्तै तिलोत्तमाका अर्का ब्यबसायी लामो समय जनप्रतिनिधि भएर जनताको सेवा गर्नेट र अर्कोतर्फ ब्यबसाय पनि गर्दै आउनुभएका तिलोत्तमा १ का पुष्प ब्यबसायी श्री देउराली पुस्प खेतीका तामनाथ पाण्डेले पनि राम्रो पुष्प ब्यबसाय गर्दे आउनुभएको छ । उहाँका श्रीमती चम्पादेबी पाण्डेको मेहनत यसमा जोडीएको उहाँको भनाइ छ । ब्यबसायबाट आम्दानी राम्रो हुनेभएकाले घर चलाउन सहज भएको उहाँको भनाइ छ ।  

बिभीन्न चाडपर्ब,बिबाह ब्रतबन्ध र पूजाआजामा फूल आवश्यक पर्छ । रुपन्देहीमा उत्पादन हुने फूलले त्यो माग पूरा गर्नेगरेको उहाँले बताउनुभयो । फूल  व्यवसाय अहिले राम्रो रोजगारी र आम्दानीको स्रोत बनेको उहाँको बुझाइ छ ।