• १३ साउन २०८१, आइतबार

पार्कमा खेल्न गएका बालकको नदीमा खसेर मृत्यु

blog

विर्तामोड, असार १७ गते। झापाको कनकाई नगरपालिका ८ बिरिङ नदीले बगाउँदा शुक्रबार दिउँसो एक बालकको मृत्यु भएको छ। 

कनकाई नगरपालिका लक्ष्मीपुरको विरिङ नदी किनारामा रहेको पार्कमा घुम्न आएका विर्तामोड नगरपालिकाका ६ वर्षीय बालक सर्वजित ओलीको विरिङ खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ। 

बालक  आफ्ना बुवा नविन ओलीसँग  पार्क घुम्न पुगेका थिए। नदी किरानरमा रहेको पार्कमा खेल्दै गरेका बालक एक्कासी नदीमा  खसेर बगाएको स्थानीयको भनाइ छ।  नदीले बगाएर करिव ३ सय मिटर तल पुर्याएको र  स्थानीयले  उद्धार गरेर नदी किनारमा निकाल्दा बालककोे मृत्यु भएको  प्रहरीले जनाएको छ।  

प्रहरीले बालकको शवलाई कानुनी प्रक्रिया पुरा गरेर  पोस्टमार्टको लागि पठाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।