• २६ असोज २०८२, आइतबार

विद्युत् सर्ट भई आगलागी, घर जलेर नष्ट

blog

आगलागी हुँदा जलेर नष्ट भएको घर । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, असोज २५ गते । पूर्वी मकवानपुरको बकैयामा विद्युत् सर्ट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ । बकैया गाउँपालिका –५ श्रीपुरमा शनिवार साँझ ६ बजेर २० मिनेटको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा स्थानीय शेरटाव घिसिङको घर जलेर नष्ट भएको हो । 

टायलको छानो भएको एक तल्ले घर जलेर नष्ट भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । प्रहरी र स्थानीयवासीको सहयोगमा करिब ३५ मिनेटपछि आगो नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । 

आगलागी हुँदा घरमा भएको खाद्यान्न, लत्ताकपडा, नगद सबै जलेर नष्ट भएको छ । आगलागी हुँदा करिब २६ लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागीमा मानवीय क्षति भने भएको छैन ।