• २ जेठ २०८१, बुधबार

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

blog

साङ्केति तस्बिर

काठमाडौं, असार १५ गते । बैंकिङ कसुर मुद्दामा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । चितवनस्थित शिवनगर गाविस वडा नम्बर ८ स्थायी घर भई हाल काठमाडौं–२ बस्ने ४१ वर्षीय बबिता पन्त पौडेल पक्राउ परेकी हुन् ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७८ कात्तिक २३ गते फैसलाले दश लाख जरिवाना र एक महिना कैद सजाय ठकर भई फरार रहेकी उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सिनामङ्गलबाट मङ्गलबार पक्राउ गरेको हो ।

पौडेलले जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी जानी जानी अनुचित लाभ लिई कर्जा दिई बैंकिङ स्रोत, साधन र सम्पत्तिको दुरुपयोग हुने गरी कर्जा प्रवाह गरेको ठहर अदलातले ठहर गरेको छ । पौडेललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पेश गरिएको ब्यूरोले जनाएको छ ।