• १८ असोज २०८२, शनिबार

ट्याङ्की सफा गर्ने क्रममा छोराको मृत्यु, बाबु गम्भीर घाइते

blog

बिकास अधिकारी
पश्चिम नवलपरासी, असोज ७ गते ।
पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आफ्नै घरको ट्याङ्की सफा गर्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ४ लोहोरौलीमा ट्याङ्की सफा गर्ने क्रममा डुबेपछि बाबुलाई बचाउन गएका ३५ वर्षीय जोगेन्द्र केवटको मृत्यु भएको हो । ५५ वर्षीय मदन केवटको गम्भीर अवस्थामा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विरदत्त पन्तले जानकारी दिनुभयो ।

झण्डै दस फिट गहिरो सिमेन्टको ट्याङ्की मर्मत गर्ने क्रममा बाबु खसेको थाहा पाएपछि छोरा बचाउन गएका थिए, तर ट्याङ्की भित्रको ग्यास र पानीका कारण निसास्सिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।