चिरिच्याट्ट मौलिक वेशभूषामा सजिएकाहरू कोही मादल घन्काउँदै त कोही च्याब्रुङ बजाउँदै थिए । कोही दोहोरी रन्काउँदै, कोही धिमेबाजा बजाउँदै अघि बढिरहेका युवा । ढिकीजाँतो, कुटोकोदालो मात्र होइन; ठेकी, नाङ्लो, डोको र डालो बोकेर लामबद्ध युवतीको ताँती । यी सबै दृश्य देख्दा लाग्छ, यो कुनै नेपाली मौलिक गाउँमा सांस्कृतिक मेला लागिरहेको छ तर होइन । यो त बेलायतको लन्डन सहरस्थित केम्प्टन पार्कमा देखिएको दृश्य हो । हरेक वर्ष अगस्तको अन्तिम आइतबार आयोजना गरिने नेपाली मेलामा देखिएका यी नेपालीपनयुक्त दृश्य हुन् । नेपालमा कतिपय गीतसङ्गीत, संस्कृति, वेशभूषा र पुराना सामग्री देख्न मुस्किल छ तर लन्डनको नेपाली मेलामा साँच्चै नेपाल घन्किन्छ ।
बेलायतमा बसोबास गर्ने नेपाली समुदायले आफ्ना रीतिरिवाज, परम्परा, संस्कृति, धर्म संस्कारलाई पुस्तान्तरण गर्न नेपाली मेला आयोजना गर्ने गरेका छन् । अहिले बेलायतमा नेपाली समुदायको बाक्लो उपस्थिति छ । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका परिवार, व्यापारिक हैसियतबाट मात्र नभएर अध्ययनका सिलसिलामा बेलायतमा बसोबास गर्ने नेपाली समुदाय दिनप्रतिदिन बढ्दो छ । बेलायतमा बसोबास गर्ने नेपालीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । बेलायतमा सन् १९३४ मा नेपाली दूतावासको स्थापना भएको १७३ वर्ष बितिसकेको छ तर अहिलेसम्म बेलायतमा कति नेपाली बसोबास गर्छन् भन्ने यकिन तथ्याङ्क छैन ।
बेलायतमा सन् १९६५÷६६ ताका केही नेपाली होटेल, रेस्टुरेन्ट व्यवसायमा वर्क परमिटमार्फत पुगेको देखिन्छ । यसरी वर्क परमिटमा आउने पहिलो नेपाली काठमाडौँस्थित पारस होटेलका हेड सेफ स्व. कृष्णबहादुर थापा र ग्रिन होटेलका हेड सेफ श्याम महर्जन थिए । त्यसपछि कालु तामाङ, रामदास महर्जन, हरिविभोर कार्की, मुहमद अली, ईश्वर मानन्धर र पूर्णदास मधुकर्मी पनि आए । सन् ६० को दशकदेखि अध्ययन गर्न आएका विद्यार्थी, वर्क परमिटमा आएकाहरू, नेपाली राजदूतावासका कर्मचारी, बिबिसी सेवाका सञ्चारकर्मी, ब्रिगेड अफ गोर्खाजका गोर्खा सैनिक बेलायतमा पुगेको देखिन्छ । बिस्तारै डाक्टर, इन्जिनियर, नर्स, एकाउन्टेन्ट पनि आउन थाले । यही व्रmममा माओवादी जनयुद्ध द्वन्द्वपीडित केही राजनीतिक शरणार्थी पनि बेलायत आएको देखिन्छ । हरेक वर्ष २२० जना नेपाली युवा ब्रिटिस सेनामा भर्ती भएर आउँछन् । हाल ब्रिटिस सेनामा तीन हजार पाँच सय नेपाली (गोर्खा) रहेको तथ्याङ्क छ । सुनौलो र सुरक्षित भविष्यको सपना बोकेर बेलायत आएका नेपाली बेलायतको प्रायः सबै ठाउँमा बसोबास गर्छन् । त्यसमा पनि अल्डरसट, फार्नबोरो, क्याम्बर्ली, रिडिङ, प्लमस्टिड, स्विन्डेन, बेजिङस्टोक, अक्सफोर्ड, फोक्सटन आदि नेपालीको बाहुल्य भएको सहरमा पर्दछ । नेपालीले जहाँ गए पनि आफ्नो मनमुटु चाहिँ नेपाललाई नै समर्पित गरिरहेको पाइन्छ । सपना नेपालकै देख्छन्, माया नेपालकै हुन्छ । जता जान्छन्, जहाँ पुग्छन्, त्यहाँ आफ्नो संस्कार, संस्कृतिसँगै रमाइरहन्छन् । चाडपर्व दसैँ,तिहार, म्हपूजा, न्हुदया भिन्तुना, छठ, ल्होसार, माघेसङ्व्रmाान्ति, उधौली उभौलीमा रमाइरहन्छन् । देउसीभैलो, धाननाच, चण्डीनाच, स्याब्रुनाच, घाँटु, सोरठी, सालैजो, भजन कीर्तनमा रमाइरहन्छन् । यिनै नेपाली समाजलाई प्रतिविम्बित गर्ने कार्यव्रmम नेपाली बनेको छ ।
नेपाली सामाजिक, राजनीतिक, आर्थिक हैसियतमा अगाडि बढ्दै आएका छन् तर नेपाली समुदायका बिचमा आफ्नो संस्कार, संस्कृति, भाषा, धर्म, लिपि जस्ता मौलिकताको रक्षा, संरक्षण र संवर्धन जस्तो गहन विषय पनि उत्तिकै चिन्ताको विषय बनेको छ । यसै सन्दर्भमा नेपाली संस्कृति, परम्परा, रीतिरिवाज, धर्मलगायतका कार्यलाई पुस्तान्तरण गर्ने मुख्य उद्देश्यसाथ सन् २००० मा स्थापित तमुधीँ युके बेलायतको च्यारिटी कमिसनमा परोपकारी संस्थाका रूपमा दर्ता भई आफैँमा विशिष्ट परिचय बनाउन सफल संस्था हो । यो संस्थाले सामाजिक सेवा, लोककल्याणकारी कार्यका साथै विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ । यी सत्कर्मका लागि सबैको एकता, सामूहिकता र भाइचाराको सम्बन्ध स्थापित गरेको कार्यव्रmमबाट पनि पुष्टि हुन्छ ।
तमुधीँ युकेले आफ्नो पहिचान स्थापित गर्ने सन्दर्भमा विभिन्न कार्य गर्दै आएको छ । त्यसमध्ये नेपाली मेला एक सशक्त, प्रभावकारी र सर्वव्यापी कार्यव्रmम बन्न पुगेको छ । नेपाली समाजलाई आफ्नो कला, भाषा, संस्कार, संस्कृति र रीतिरिवाज पुस्तान्तरण गर्दै बेलायतमा नेपालीको पहिचान स्थापित गर्ने मुख्य उद्देश्यसाथ नेपाली मेलाको सुरुवात भएको हो । तमुधीँ युकेले गुरुङको मात्र नभएर सबै नेपालीको पहिचान प्रदर्शन गर्ने साझा थलोका रूपमा नेपाली मेला परिचित छ । यसको सुरुवात तमुधीँ युकेका तत्कालीन अध्यक्ष सुवासिं गुरुङको नेतृत्वमा सन् २००९ मा भएको थियो ।
तमुधीँ युकेले हरेक वर्ष बिबिक्यु कार्यव्रmम गर्दै आएको थियो । थोरै संस्था हुँदा यो कार्यव्रmम ठिकै थियो । सन् २००९ सम्म आइपुग्दा बेलायतमा धेरै संस्था स्थापना भइसकेका थिए । त्यसपछि यो कार्यव्रmम प्रभावकारी भएन । त्यसपछि यो कार्यव्रmम बन्द गरिएको थियो तर संस्थाका हितका लागि केही न केही नयाँ कार्यव्रmम अघि सार्नुपर्ने तमुधीँ युकेका लागि चुनौती थियो । त्यसो हुँदा सांस्कृतिक कार्यव्रmम ‘ट्होटेँ’ कार्यव्रmम गर्ने भन्दै तमूलाई समेटिएको थियो । नेपाली मेलाको आयोजना गरेर बेलायतमा रहेका सबै सङ्घ संस्थालाई समेटिएको थियो ।
नेपाली मातृभूभि नेपाल छाडेर बेलायत आए । विदेशी भूमिमा जिउनका लागि पनि सङ्घर्ष गर्नै प-यो । स्थापित हुनका लागि काम गर्नै पथ्र्यो । कामकै सिलसिलामा अभिभावकको व्यस्तता हुने नै भयो । आफ्ना सन्तानका लागि समय दिन निकै कठिनाइ परेकै थियो र छ । घरमै संस्कार, संस्कृति सिकाउन पनि सहज छैन । त्यसैले नेपाली मेलाले आफ्ना संस्कार र संस्कृतिको सङ्क्षेपमा भए पनि झल्काउने प्रयत्न गर्नु प्रमुख उद्देश्यभित्र पर्दछ । सबै तमू र सबै नेपालीलाई एकै मञ्चमा उभिएर आफ्ना पहिचान प्रदर्शन गर्दै पर्यटन प्रवर्धनमा टेवा पु-याउने अर्को महìवपूर्ण ध्येयका साथ सुरु गरिएको नेपाली मेलामार्फत समुदायस्तरबाट नेपाल तथा बेलायतका जनता र सरकारबिचको सम्बन्ध सुमधुर बनाउने उत्कट चाहना पनि हो । बेलायतस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा हुने यो मेलामा हरेक वर्ष करिब दुई दर्जन राजदूत, सैनिक सहचारी, कूटनीतिज्ञको प्रत्यक्ष सहभागिता रहँदै अएको छ । यसले नेपाली पहिचान विश्वमा पु-याउन उत्तिकै मद्दत पुगेको छ ।
विविधतामा एकता नेपालीको पहिचान हो । नेपाली मेलाले यही सन्देश दिएको छ । तमुधीँ युकेका अध्यक्ष जुमकाजी गुरुङका अनुसार नेपाली मेलामार्फत एकताको सन्देशसमेत दिइएको छ । नेपालको पर्यटन प्रवर्धनमा समेत योगदान गर्दै आएको नेपाली मेलाको यो भव्यताको पछाडि एउटा रहस्य छ । त्यो भनेको आयोजक संस्था तमुधीँ युकेमा रहेको सहयोगी भावना, नेतृत्वलाई सफल पार्ने हुटहुटी अनि सबैप्रति सकारात्मक स्वभाव र भाइचाराको सम्बन्ध । नेपालीले आयोजना गर्ने बेलायतमा सबैभन्दा ठुलो खुला कार्यक्रम हो– नेपाली मेला । खर्चका हिसाबले पनि सबैभन्दा धेरै खर्च र आम्दानी गर्ने कार्यक्रमभित्र पर्दछ । पछिल्लो समय नेपालीको रोजाइको कार्यव्रmमका रूपमा स्थापित हुन सफल बनेको छ । नेपालमा देख्न नपाइने संस्कार, संस्कृति र रीतिरिवाज बेलायतको भूमिमा देख्दा परदेशमा पुगेपछि घरदेशको माया बढ्दो रहेछ भन्ने प्रस्ट हुन्छ ।