• ३ असोज २०८२, शुक्रबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, असोज ३ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ७१ पैसा र बिक्रीदर १४१ रुपियाँ ३१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६६ रुपियाँ ४५ पैसा र बिक्रीदर १६७ रुपियाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपियाँ ७० पैसा र बिक्रीदर १९२ रुपियाँ ५२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७८ रुपियाँ ३४ पैसा र बिक्रीदर १७९ रुपियाँ १० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ६५ पैसा र बिक्रीदर ९४ रुपियाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०२ रुपियाँ १६ पैसा र बिक्रीदर १०२ रुपियाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ ०१ पैसा र बिक्रीदर ११० रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ५५ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ८० पैसा र बिक्रीदर १९ रुपियाँ ८९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३७ रुपियाँ ५२ पैसा र बिक्रीदर ३७ रुपियाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६० पैसा र बिक्रीदर ३८ रुपियाँ ७७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ४२ पैसा र बिक्रीदर चार रुपियाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३१ पैसा र बिक्रीदर ३८ रुपियाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ५३ पैसा र बिक्रीदर ३३ रुपियाँ ६८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ १५ पैसा र बिक्रीदर १० रुपियाँ २० पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ १७ पैसा र बिक्रीदर १५ रुपियाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ३० पैसा र बिक्रीदर २२ रुपियाँ ३९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपियाँ ०९ पैसा र बिक्रीदर १८ रुपियाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ २४ पैसा र बिक्रीदर ४६३ रुपियाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ १६ पैसा र बिक्रीदर ३७४ रुपियाँ ७५ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपियाँ ४५ पैसा र बिक्रीदर ३६७ रुपियाँ ०१ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस