• १५ चैत २०८०, बिहिबार

ज्येष्ठ नागरिक माझ लोकप्रिय परम्परागत भक्तपुरे फल्चाः

blog

तस्बिर : मनोजरत्न शाही/केशब गुरुङ


काठमाडौं उपत्यकाको जहाँतही फल्चाहरु रहेका हामी देख्न सक्छौं । कुनैबेला बटुवाहरुका लागि बास बस्न प्रयोग गरिने फल्चाः आजसम्म पनि प्रयोगमा आइरहेका छन् । बढ्दो शहरीकरणले सार्वजनिक स्थलहरुको अभाव खट्कँदै जाँदा फल्चाः अहिले पनि उपयोगी देखिँदैआएका छन् । भक्तपुरको एक फल्चाःमा ज्येष्ठ नागरिकहरु आफ्ना समकक्षीसँग गफिदैँ ।