• १९ भदौ २०८२, बिहिबार

च्यासलमा एमाले सचिवालय बैठक

blog

एमालेको केन्द्रीय सचिवालय बैठक।

काठमाडौँ, भदौ १९ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय सचिवालय बैठक बसेको हो ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक सुरु भएको हो । बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । एमालेले भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीमा गर्दैछ ।