• १९ भदौ २०८२, बिहिबार

एक सय पैँतालिस जना क्षयरोगी पहिचान

blog

गाउँमै पुगेको अत्याधुनिक स्वास्थ्य शिविरमा क्षयरोगको परीक्षण गराउँदै स्थानीय ।

बर्दीबास समाचारदाता

बर्दीबास, भदौ १९ गते  । बर्दीबास नगरपालिकाका विभिन्न वडामा क्षयरोग लागेका मानिसको पहिचान भएको छ । पहिचान गर्ने व्रmममा नगरपालिकाका सबै जसो वडामा क्षयरोगका बिरामी भेटिएका छन् । त्यसमध्ये वडा नं. ८ हात्तीलेट क्षेत्रमा क्षयरोगका बिरामीको सङ्ख्या अधिक पाइएको छ । सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त राष्ट्र बनाउने अभियान अन्तर्गत अहिले गाउँ गाउँमा पुगेर क्षयरोग लागेका मानिसको पहिचान गरेर औषधी खुवाउने कार्य भइरहेको छ । 

नगर स्वास्थ्य शाखाका अनुसार २०८१ साउनदेखि २०८२ साउनसम्मको अवधिमा बर्दीबास नगरपालिकाको १४ वटै वडामा गरी १४५ जना क्षयरोगी पहिचान गरिएको छ । यसमध्ये वडा नं. ८ हात्तीलेट क्षेत्रमा एकपछि अर्को २२ जना क्षयरोगी फेला परेपछि क्षयरोगमुक्त राष्ट्र बनाउने अभियानमा चुनौती थपेको थियो । क्षयरोगीकोे अधिक चाप रहेको हात्तीलेट स्वास्थ्य चौकीमा बागमती सेवा समाजको आयोजना र महोत्तरी क्षयरोग टिमको सहयोगमा विशेष स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । 

यसबिच वडा नं. ७ र ११ मा क्षयरोगका कारण तीन जनाको मृत्युसमेत भइसकेको पाइएको छ । नगर स्वास्थ्य शाखाका अधिकृत रामबाबु यादवका अनुसार मङ्गलबार साँझसम्म चलेको शिविरमा अत्याधुनिक प्रविधिबाट १२३ जना गाउँलेको सामूहिक स्व्रिmनिङ गरिएको थियो । स्व्रिmनिङ गराएकामध्ये २८ जनामा क्षयरोग लागेको आशङ्का गरिएको यादवले बताउनुभयो ।  उहाँले भन्नुभयो, “शङ्कास्पद २८ मध्ये पनि १४ जनाको अवस्था थप गम्भीर देखिएको छ ।” वडाध्यक्ष शमशेरसिंह लामाले क्षयरोगीको यो प्रतिशत भयावह भएको बताउनुभयो । 

वडाध्यक्ष लामाका अनुसार हात्तीलेट क्षेत्रमा करिब एक हजार चार सय परिवारको बसोबास छ । यसमध्ये दलित विपन्नको सङ्ख्या उल्लेख्य छ । उनीहरूको जीवनशैली र खानपान पनि अस्वस्थकर छ । स्वास्थ्य चेतना छँदै छैन । त्यसैले पनि यहाँ क्षयरोगका कालाजार बिरामी बढी देखिन्छन् । 

शिविरको रिपोर्टमा पनि शङ्कास्पद २८ क्षयरोगीमध्ये जनजाति र दलित समुदायको सङ्ख्या २४ जना देखिएको छ । शङ्कास्पद सबै बिरामीको खकार सङ्कलन गरेर परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पठाइएको नगर स्वास्थ्य अधिकृत यादवले बताउनुभयो । नगरप्रमुख प्रह्लाद क्षेत्रीले सामुदायिक तहमा यस्ता शिविरले समयमै रोग पत्ता लगाउन र उपचार थाल्न मद्दत गर्ने भएकाले क्षयरोग नियन्त्रणमा ठुलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।