• १९ भदौ २०८२, बिहिबार

हराइरहेकी बालिका मृत फेला

blog

अनिल पराजुली
हेटौँडा, भदौ १८ गते ।
हराइरहेकी बालिका मृत अवस्थामा फेला परेकी छन् । हेटौँडा उपमहानगरपालिका–१९ पुल्चोक टोलकी नौ वर्षीय बालिका बुधबार बिहान मृत अवस्थामा फेला पर्नुभएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पुल्चोक निवासी कुमार थिङकी छोरी प्रभा थिङ भदौ १७ गते मङ्गलबार साँझ करिब ४ बजेदेखि घरबाट निस्किएपछि बेपत्ता हुनुभएको थियो । परिवारले खोजी गरे पनि भेट्न नसकेपछि प्रहरीले समेत खोजतलास सुरु गरेको थियो ।

१८ भदौ बिहान करिब सवा आठ बजे घरदेखि करिब सात सय मिटर दक्षिणतर्फ राप्ती खोलाको पानीमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।