• १९ भदौ २०८२, बिहिबार

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

blog

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर ।

काठमाडौं, भदौ १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत गायिका गोलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले लोकगीतका पारखी र उहाँका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो । 

“नेपाली लोकगीतमा तामाङ सेलो काठमाडौं उपत्यका आसपास धेरै लोकप्रिय छ । नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो परिचय बनाउनुभएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद खबर सुने । गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु”, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । 

क्यान्सरबाट पीडित गायिका गोलेको बुधबार ५८ वर्षको उमेरमा निधन भएको हो ।