• ११ भदौ २०८२, बुधबार

प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन

blog

भोजपुर,  भदौ ११ गते ।  कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा भएको छ । 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार आर्थिक करिडोर पाख्रीबासबाट रु दुई करोड ६९ लाख लागतमा भवन निर्माण एवं उपकरण जडान गरिएको छ ।  

केन्द्रमा बाली र  पशुमा लाग्ने रोग परीक्षण गर्न छुटाछुटै  प्रयोगाशालाको व्यवस्था गरिएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका पनि यस्तै प्रयोगशाला सञ्चालनमा छ । रासस