• २ भदौ २०८२, सोमबार

‘कलर अफ टी’ ग्रिसमा पुरस्कृत

blog

काठमाडौँ, साउन ३१ गते । युरोपको ग्रिसमा भएको ‘१२ औँ अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सव इरापेट्रा एन्ड अवाडर्स’ को अन्तर्राष्ट्रिय फिल्म निर्णायक मण्डलले ‘कलर अफ टी’ लाई पुरस्कृत गरेको छ । महोत्सव आयोजकले आफ्नो वेब साइटमा आधिकारिक रूपमा पुरस्कृत चलचित्रको सूची सार्वजनिक गरेको हो । १२ औँ अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सव इरापेट्रा एन्ड अवार्ड्सले ग्रिसमा विश्वभरका उत्कृष्ट लामा र छोटा वृत्तचित्र र लघु चलचित्रलाई आफ्नो प्रतिस्पर्धात्मक खण्डमा प्रदर्शनका लागि प्रवर्धन गर्दछ । 

चलचित्रले मधेशका ती दलित आदिवासीको कथा भन्छ जो जातीय भेदभावलाई निरन्तरता दिने सूक्ष्म आक्रामक र हिंसाविरुद्व मौन विद्रोह गर्दछ । गत जुलाईमा कोरियामा दिगो विकास लक्ष्य २०२५ का लागि ‘कोरिया ग्योङ्गी अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ मा पनि उत्कृष्ट पुरस्कार जितेको थियो ।  

त्यसै गरी युरोपको जर्मनमा आगामी सेप्टेबरमा हुने ‘कोबानी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा क्वाटर फाइनलमा पुग्न सफल भएको छ । साथै युरोपकै मोन्टेनेग्रो पोडगोरिकामा भएको ‘एमओडी फेस्ट : सल्पसङ्ख्यक खुला दिन २०२५’ पनि अफिसियल छनोट भएको थियो ।