• १४ वैशाख २०८१, शुक्रबार

म्याद गुज्रेको औषधिमा मिति र एमआरपी थप्ने तीनजना पक्राउ

blog

सिद्धार्थनगर, असार १० गते । रुपन्देहीमा नक्कली धन्दा र कालोबजारी गर्ने तीनजनालाइ प्रहरीले पक्राउ गरेको छ । औषधिमा नक्कली म्याद र नक्कली मूल्य प्रिन्ट गर्ने गोदामबाट तीनजना पक्राउ परेका हुन्  ।

बुटवल ७ दिपनगरमा बर्तोली प्रिन्टर्सले त्यस्ता नक्कली प्रिन्ट गरिएको औषधि, पोषणयुक्त खाद्य सामाग्रीको भण्डार तथा प्रिन्ट गर्ने मेसिनसहितको गोदाम फेला सुचनाका आधारमा अनुगमन टोलिले फेला पारेको हो । नक्कली काम गरेर औषधि तथा पोषणयुक्त खाद्य सामाग्री विक्री वितरण गरेको आरोपमा बुटवलमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा नागार्जुन गाउँपालिका वडा नं. २ बैतडीका २८ वर्षीय प्रकाश भण्डारी, सोही गाउँपालिका वडा नं. ३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका वडा नं. ११ बैतडीका २६ वर्षीय हरिष भण्डारी रहेका छन् ।

भारतबाट खुला औषधीजन्य तत्व लिने र यहीं लेबलिङ गरेर आफूखुसी मूल्य राखेर बिक्रीका लागि भण्डारीको समूहले औषधी तयार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रवीन्द्रसिंह रेग्मीले मुख्य अभियुक्त अहिले फरार भए पनि त्यहाँ काम गर्ने तीन जना कामदारलाई पक्राउ गरिएको बताउनुभयो । उनीहरुलाई कालोबजारी,मावन स्वास्थ्य बिपरितको काम अन्तर्गत अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

अवैध रुपमा औषधी तथा पोषणयुक्त सामाग्रिको गोदाम गरेर नयाँ मुल्य राखी विक्रि वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट दुई  सय कार्टुन बिभिन्न प्रकारका औषधी तथा पोषणयुक्त सामाग्रीहरु र एक थान प्रिन्टिङ मेसिन बरामद गरेको छ । पक्राउ परेका उनीहरु उपर सार्वजनिकहित स्वास्थ्य सुरक्षा,कालोबजारी र नैतिकता विरुद्धको कसुरमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो ।

Author

कपिल ज्ञवाली