• २६ साउन २०८२, सोमबार

गैँडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

blog

दुर्घटनाग्रस्त सवारी साधन ।

बोमलाल गिरी

नवलपुर, साउन २५ गते। नवलपुरको गैँडाकोडमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। गैँडाकोटबाट कावासोतीतर्फ आउँदै गरेको ना ५ ख ८४३१ नम्बरको ट्रकले विपरित दिशामा गुडिरहेको लु ५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक कावासोती वडा नं. ३ का दुलबहादुर सुनारको मृत्यु भएको घटनास्थलमा रहनु भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो। ट्रकमा सवार अर्का एक जनाको भने पहिचान हुन नसकेको नेपालले बताउनुभयो। 

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।