• २५ साउन २०८२, आइतबार

धनकुटामा पिकअप दुर्घटना : १७ जना घाइते, तीन गम्भीर

blog

घाइतेको उपचार हुँदै । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) साउन २५ गते ।
धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटनका हुँदा १७ जनाभन्दा बढी घाइते भएका छन् । टेकुनालाबाट बजारतर्फ आउँदै गरेको बा.२ च.२३०९ नम्बरको पिकअप आइतबार बिहान करिब १०ः३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी पिकअपमा सवार २१ जना सवार थिए । जसमध्ये १७ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।

घाइते हुनेहरुमध्ये तिनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइको प्रहरीले जनाएको छ ।

अन्य घाइते हुनेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आज गाईजात्राका लागि उनीहरु पिकअपमा धनकुटा आउँदै गरेका थिए ।