• २३ साउन २०८२, शुक्रबार

कालीगण्डकी नदी सहितको सुन्दर दृश्य

blog

कालीगण्डकी नदी, पर्वतको जलजला गाउँपालिकाको मल्लाज र धाइरिङ आसपासको सुन्दर दृश्य । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, साउन २३ गते ।
म्याग्दीको बेनी नगरपालिका ५ स्थित पुलहाश्रमबाट देखिएको कालीगण्डकी नदी, पर्वतको जलजला गाउँपालिकाको मल्लाज र धाइरिङ आसपासको सुन्दर दृश्य ।

यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण हिमश्रृङ्खला, सूर्योदयको मनोरम दृश्यका साथै म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसहित पर्वत जिल्लाको जलजला गाउँपालिकाको रमणीय भू–भागहरुको अवलोकन गर्न सकिन्छ ।

कालीगण्डकी अथवा गण्डकी नदी संसारको सबैभन्दा गहीरो गल्छी बनाएर बग्ने नदी हो । यो नदीबाट नेपालको सबैभन्दा ठुलो जलविद्युत उत्पादन केन्द्र सञ्चालित भइरहेको छ । यो नदीले ठुलो मात्रामा कालो रङ्गको माटो बगाएर ल्याउने भएकाले यसलाई काली गण्डकी नामाकरण गरिएको हुनुपर्दछ ।

कालीगण्डकीको नदी तिब्बतमा उत्त्पत्ति भएर मुस्ताङ जिल्ला हुँदै नेपाल छिर्छ । कागबेनी भन्ने स्थानमा मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला र मुस्ताङ खोला मिसिन्छन् र त्यसपछि उक्त नदीलाई कालीगण्डकी भनिन्छ ।