• २२ साउन २०८२, बिहिबार

प्रेस युनियनद्वारा सय दिने सदस्यता अभियान बागलुङमा पनि सुरु

blog

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले बागलुङमा नयाँ सदस्य इशिका थापा मगरलाई नयाँ सदस्यता वितरण गर्दै । तस्बिर : नवराज नेपाली

नवराज नेपाली 
बागलुङ (गलकोट) साउन २२ गते ।
प्रेस युनियन बागलुङले सय दिने सदस्यता अभियान सुरु गरेको छ । नयाँ सदस्य सङ्ख्या वृद्धि र पुराना सदस्यलाई सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित अभियान सुरु गरिएको हो ।

अभियानमा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले बागलुङमा क्रियाशील पत्रकारहरु इशिका थापा मगर र शिशिर जिसीलाई नयाँ सदस्यता दिएर अभियानको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष लम्सालले तीनै तहका सरकारले प्रेस स्वतन्त्रलाई कुन्ठित गर्ने कार्य गरेको बताउँदै त्यस्ता कार्यको प्रेस युनियनले विरोध गर्ने बताउनुभयो । उहाँले कोही कसैले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कार्य गरे त्यसको विरोध गर्ने बताउनुभयो ।

डिजिटल सञ्चार माध्यमलाई सहज बनाउनका लागि वडा तहबाट नै अभिलेखीकरण गर्नुपर्ने बताउँदै  डिजिटल सञ्चार माध्यमको दर्ता प्रक्रिया नहुने तर त्यसलाई व्यवस्थित गर्न वडा तहमा नै अभिलेखीकरण गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रेस युनियन बागलुङका अध्यक्ष सङ्गम घर्तीले सय दिने सदस्यता अभियानलाई बागलुङमा प्रभावकारी र व्यवस्थित बनाएर अघि बढ्ने बताउनुभयो । गण्डकी प्रदेशमा अभियान  बागलुङबाट सुरूवात गरिएको छ ।