• २१ साउन २०८२, बुधबार

सुर्खेत–दैलेख सडक अवरुद्ध

blog

अवरुद्ध भएको सुर्खेत–दैलेख सडक । तस्बिर : यामराज बिष्ट

यामराज बिष्ट
पञ्चकोशी (दैलेख), साउन २१ गते ।
वर्षाका कारण सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ । सुर्खेतदेखि दैलेख सदरमुकाम जोड्ने उक्त सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू आवतजावत रोकिएको छ ।

उक्त सडकको डुबेश्वर गाउँपालिका–६ स्थित सिस्नेटारमा पहिरो गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले बताउनुभयो । उहाँले  बाटो पूर्णरूपमा अवरुद्ध भएको र बाटो खुलाउने पहल भइरहेको छ ।

उक्त स्थानमा सुरक्षाकर्मी खटाइएको एक घण्टामा अवरुद्ध सडक सञ्चालनमा आउन सक्ने प्रहरी प्रमुख बरालले बताउनुभयो । पहिरोको कारण सडकमा आवतजावतमा समस्या आएको हो ।