• १८ साउन २०८२, आइतबार

बद्रीलाललाई युनाइट नेपाल चेस उपाधि

blog

उपाधि विजेता ।

काठमाडौँ, साउन १८ गते । युनाइट नेपाल ब्लिट्ज चेस प्रतियोगिताको उपाधि पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले जित्नुभएको छ । 

सिनियर चेस खेलाडी मोहन सिंह प्रधानको प्रायोजनमा ५० वर्षमाथिका ४२ खेलाडीबिच काठमार्डौँमा आइतबार सम्पन्न एक दिने नेपालीले उपाधि जित्नुभएको हो । 

भक्तपुरका पुरुषोत्तम दुवाल दोस्रो र राजेश कक्षपति तेस्रो हुनुभयो । यस्तै ललितपुरका राजेन्द्र बज्राचार्य चौथो, काठमाडौँका सीएम भगवतीप्रसाद शर्मा पाँचौँ हुनुभयो । प्रतियोगितामा दशौँसम्म रहने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको छ । 

यसैगरी ६० वर्ष माथिको उत्कृष्ट खेलाडी पूर्वनेपाल च्याम्पियन सिएमए नविन तण्डुकार, उत्कृष्ट २५औँ झापा जिल्लाका कृष्ण सिग्देल र १७०० रेटिङ मुनि सिराहाका राजनारायण यादव उत्कृष्ट खेलाडी बन्दै नगद पुरस्कार पाउनुभयो । 

फिडे इभेन्ट कोड ४३२५३९ रहेको प्रतियोगितालाई ललितपुरका सानुराज बज्राचार्यले निर्देशन गरेका गर्नुभएको थियो । प्रतियोगिातमा भक्तपुरका आइए ज्ञानेन्द्र खाइजुले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । 

विजेतालाई प्रमुख अतिथि नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गर्नुभयो ।