• ८ वैशाख २०८१, शनिबार

‘माहुरी’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ७ गते । घरेलु श्रमिक र मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकको वास्तविक कथा समेटेर तयार पारिएको ‘माहुरी’ पुस्तक सार्वजनिक भएको छ । तरङ्गिनी फाउन्डेसनले कम पारिश्रमिकमा धेरै मिहिनेत गरेर पनि आफ्नो भविष्य सुनिश्चित नहुने श्रममा जोडिएका महिलाको पीडालाई माहुरी पुस्तकमा सङ्कलन गरी बजारमा ल्याएको हो । 

पुस्तकमा श्रमिकले अनौपचारिक क्षेत्रमा गरेको श्रमको मूल्याङ्कन गर्न सरकारले उचित नीति ल्याउन सुझाव दिनुपर्ने विषय उल्लेख छ । घरेलु काम र रात्रिकालीन मनोरञ्जनको क्षेत्रमा काम गर्ने महिलाको श्रमको मूल्याङ्कन नगरी हेलाको भावनाले हेर्ने समाजको दृष्टिकोण बदल्न यस्ता कथाले सहयोग गर्ने अपेक्षा गरिएको छ ।