दाङ, साउन ७ गते । नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको ‘घण्टाकर्ण चतुर्दशी’ पर्वको अवसरमा दाङको घोराही उपमहानगरपालिका–१४ स्थित गणेश मन्दिर परिसरमा बुधबार बिहान पूजा गर्दै स्थानीय नेवार समुदाय। परापूर्वकालदेखि मनाइँदै आएको यो पर्वमा नेवार समुदायले राक्षसको प्रतीक मानिने घण्टाकर्णको पुत्ला बनाई पूजा अर्चनापछि दहन गर्ने परम्परा छ ।