• १७ असार २०८१, सोमबार

एन्फा अध्यक्षमा पंकज निर्वाचित

blog

काठमाडौं, असार ६ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित हुनुभएको छ । एन्फाको सोमबार काठमाडौंमा भएको २१औं चृुनावी साधारण सभाबाट पंकज निर्वाचित हुनुभएको हो । पंकजले अध्यक्षका प्रत्यासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्नुभयो ।

कर्मा यसअघि अध्यक्ष हुनुहुन्थ्यो भने पंकज वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । एन्फा निर्वाचनमा खसेको कूल ८४ मत मध्ये पंकजले ४५ र कर्माले ३९ मत प्राप्त गर्नुभयो । अध्यक्षको अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाउनु भएन ।

एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ खुला सदस्य र दुई महिला सदस्य गरी २१ पदाधिकारीका लागि भएको निर्वाचनमा अन्य पदको मत गणना भने जारी रहेको छ । एन्फाको कार्यकाल चार बर्षको रहनेछ । कर्मा र  पंकज समूहले सबै पदमा प्यानल सहित उम्मेदवारी दिनुभएको थियो ।