• १२ असार २०८१, बुधबार

नारायणी नदीमा सिग्नेचर पुल बन्ने

blog

होमराज रानाभाट

कावासोती, असार ६ गते । नवलपरासी र चितवनलाई जोड्ने नारायणी नदीमा सिग्नेचर पुल निर्माण हुनेभएको छ । ४१ बर्षअघि निर्माण भएको नवलपरासी चितवन जोडने एक मात्र पक्की पुुल जीर्ण बन्दै जान थालेपछि सो ठाउँमा नयाँ सिग्नेचर पुुल निर्माण प्रक्रिया अघि बढाइएको सडक बिभागले जनाएको छ । 

निर्माण हुने सो सिग्नेचर पुुलको कुल लम्बाइ चारसय मिटर र चौडाइ चार लेनको हुने सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले नारायणी नदीमा रहेको पुल ४१ वर्ष पुरानो भई जीर्ण हुँदैगएकाले नयाँ पुल निर्माण गर्न लागिएको बताउनुुभयो । 

सो पुुल निर्माणको कामका लागि ठेक्काको बोलपत्र आह्वान गर्ने तयारी भइरहेको महानिर्देशक कार्कीले बताउनुुभयो । सडक विभागका महानिर्देशक कार्कीकाअनुसार नारायणी नदीमा अहिलेको पुलको समानान्तर हुनेगरी सिग्नेचर पुल निर्माण गर्न लागिएको हो ।

सो कामको डिजाइन एन्ड विल्ड निर्माण प्रणालीको आधारमा बोलपत्र आह्वान गरिनेभएको छ । २०३८ सालमा नारायणी नदीमा निर्माण भएको अहिलेको पुलको आयु ७० वर्ष तोकिएको थियो । अब बन्ने सिग्नेचर पुलको आयु कम्तीमा एक सय वर्ष हुने महानिर्देशक थापाले बताउनुभयो ।