ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा निर्माण सुरु भएको माथिल्लो तमोर जलविद्युत् आयोजनाको विरोध गर्दै आएका स्थानीयले आन्दोलनका कार्यव्रmम घोषणा गरेका छन् । आयोजनाको काम रोक्न पटक पटक अनुरोध गरे पनि अटेर गरिएको भन्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलनका कार्यव्रmम घोषणा गरेका हुन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका तर्फबाट गठित अप्पर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले आइतबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यव्रmम सार्वजनिक गरेको हो ।
सङ्घर्ष समितिले सार्वजनिक गरेको आन्दोलनको कार्यव्रmम अनुसार अबको एक हप्ताभित्र आयोजनाको काम रोकेर सबै सामान फिर्ता लैजानुपर्ने, साउन ११ गतेपछि फक्ताङ्लुङ क्षेत्रमा कुनै पनि हाइड्रोपावर र कोरिडोर परियोजनाका सवारी साधन, मेसिन उपकरण सञ्चालनमा रोक लगाउने, घोषित कार्यव्रmममाथि बल प्रयोग भएमा चरणबद्ध थप आन्दोलन घोषणा गरेको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले याक्थुङ (लिम्बू) समुदायको मुन्धुम स्थलमा जबरजस्ती जलविद्युत् निर्माण गर्न लागेको भन्दै विरोध गर्दै आएका छन् ।
सङ्घर्ष समितिका संयोजक वीरबल लिङ्खिमले आदिवासीको सभ्यता र मुन्धुमी स्थलको अस्तित्वमाथि क्षति हुने गरी हाइड्रोपावर निर्माण गर्न लागेको भन्दै तीन वटै तहको सरकार, आयोजना निर्माण कम्पनीलगायतमा पटक पटक ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको बताउनुभयो ।
निर्माण पक्षले प्रभावित क्षेत्रका बासिन्दासँग सहमतिका लागि वार्ता र संवाद तथा छलफल गर्न चाहेमा आफूहरू तयार रहेको पनि उहाँको भनाइ छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका भई बग्ने तमोर नदीबाट तमोर इनर्जी प्रालिले २८५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने गरी निर्माणको काम सुरु गरेको छ ।