• ३२ असार २०८२, बुधबार

१३ लाख रुपियाँ नक्कली नोटसहित दुई जना पक्राउ

blog

काठमाडौँ, असार ३२ गते । प्रहरीले ठुलो परिणाममा हजार दरका नेपाली रुपियाँका नक्कली नोटका कारोबारीहरूलाई पक्राउ गरेको छ । प्रहरीले १२९३ वटा नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको हो । 

जाजरकोटको कुसे गाउँपालिका-५ बस्ने २२ वर्षीया दिलमाया सिंह ठकुरी र सोही गाउँकाे ३३ वर्षीय रामबहादुर सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उनीहरू नक्कली नोटको कारोबार गर्ने गरेको सूचना पछि प्रहरीले खोजतलास गरी नोट सहित पक्राउ गरेको र खोजतलासका क्रममा १५ पोका बनाएर राखेको अवस्थामा १९ किलोग्राम अफिम [लागु औषध] समेत बरामद गरेको जनाएको छ ।