काठमाडौँ, असार ३२ गते । सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको हो ।
‘‘प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय भएको छ’’, उहाँले भन्नुभयो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्तावमा सरकारले यो निर्णय गरेको हो ।
यो पनि पढ्नुहोस