साधन घर्ती
म्याग्दी (दरबाङ), असार ३२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङको गाडपारमा पहिरोमा परी वृद्धाको मृत्यु भएको छ । बुधबार बिहान ११ः३० बजेको समयमा बस्ती पछाडिको भिरबाट खसेको पहिरो घरमा खसेपछि स्थानीय ७२ वर्षीया सीता फगामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
घरमा श्रीमान र श्रीमती मात्र रहेको बेला घर पछाडि रहेको करिब एकसय मिटरमाथि भिर भत्केर पहिरो खसेको थियो । ठुलो पहिरो खस्नुअघि ससाना ढुङ्गाहरु निरन्तर झरेपछि कालीगण्डकी पारी दानाबासीले सुसेल्दै, चिच्याउँदै पहिरो खस्न लागेको जनाउ दिएका थिए ।