• ३२ असार २०८२, बुधबार

सङ्खुवासभामा ३२ प्रतिशत मात्रै रोपाइँ

blog

सुजन बज्राचार्य

सङ्खुवासभा, असार ३२ गते । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा रोपाइँले गति लिन सकेको छैन । असारको अन्तिमसम्म आइपुग्दा जिल्लामा जम्मा ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ ।

जिल्लामा कुल ८ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । तर भरपर्दो सिचाइँ सुविधा अभाव, पहाडी क्षेत्रमा भइरहेको खण्ड वृष्टिले अधिकांश किसानले राखेको बिउ अझै ब्याडमै रहेको ज्ञान केन्द्रका प्रमुख छत्र विकले बताउनुभयो ।

“पहाडी भू–भागमा सिँचाइको भरपर्दो संरचना नहुनु र वर्षा असमान ढङ्गले हुनु, रोपाइँमा प्रमुख चुनौती बनेको छ," विकले भन्नुभयो, “साउनको तेस्रो सातासम्म रोपाइँको समय भएकाले बाँकी क्षेत्रका खेतमा रोपाइँ हुने अपेक्षा छ ।”

साथै विकका अनुसार, पछिल्लो समय सहरी क्षेत्रमा बसाइसराइ बढ्नु, कृषिमा युवाको चासो घट्नु र जागिरे मानसिकताका कारण धेरै खेत बाँझिन थालेका छन् । “अहिले गाउँमा उत्पादनमूलक श्रम गर्न चाहने जनशक्ति घट्दै गएको छ,” उहाँले थप्नुभयो, “यो चिन्ताको विषय हो ।”