• ५ साउन २०८१, शनिबार

बैतडीमा टिपर दुर्घटना, चार जना घाइते

blog

गोकर्ण दयाल

बैतडी, असार २ गते। बैतडीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन्। धनगढीबाट इँटा बोकेर बैतडी आउँदै गरेको म १ क ३८८ नम्बरको टिपर दशरथचन्द राजमार्गको पाटन नगरपालिकका-६, कनेडा मोडमा बिहीबार दुर्घटनामा परेको हो। टिपर सडकबाट करिब तीन सय मिटर तल खसेको छ। 

दुर्घटना परेर टिपर चालक कञ्चनपुरको बेदकोट नगरपालिका-५ का सन्तोष डगौरा, बैतडीको पाटन नगरपालिका-३ का हिरा विश्वकर्मा, पाटन नगरपालिका-४, का हरिना ऐरी महरा र टिपरका सहचालक भीमदत्त नगरपालिका-४ का वीरेन्द्र चौधरी घाइते हुनुभएकाे छ। 

घाइते चारै जनालाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। दुर्घटनाको कारण खुलेको छैन।