• १३ असार २०८२, शुक्रबार

एकै परिवारका तीन जना बेपत्ता

blog

हुम्ला समाचारदाता

हुम्ला, असार १३ गते । भारतको हिमाञ्चल प्रदेशको सिमलामा रोजगारीका लागी बस्दै आएका हुम्लाका एकै परिवारका तीन जना बेपत्ता भएका छन् । अदानचुली गाउँपालिका–६, पाल्सका एक महिला र उहाँका दुई सन्तान बेपत्ता भएका हुन् । उनीहरू चार दिनदेखि बेपत्ता छन् । हुम्लाको अदानचुली गाउँपालिका–६, पाल्स गाउँकी २२ वर्षीय मङ्गली लोहार टमाटा र उहाँका दुई छोरा सात वर्षका सौरभ लोहार र तीन वर्षका सुभाष लोहार असार ८ गते आइतबार बिहान ७:३० बजे डेराबाट सम्पर्कविहीन भएको श्रीमान् मेलेबहादुर लुहारले बताउनुभयो । 

श्रीमान् मेलेका अनुसार मङ्गली त्यस दिन दुई छोराहरू लिएर एकछिन बाहिर जान्छु भनेर घरबाट निस्केको अहिलेसम्म फर्किनुभएको छैन । हालसम्म उनीहरूको अवस्था अज्ञात छ र खोजी कार्य जारी रहेको जनाइएको छ । बेपत्ताको खोजीका लागी नेपालमा रहेका मङ्गलीका देवर हर्कलाल लोहारले सबैमा सहयोगको अपिल गर्नुभएको छ । मङ्गलीसहित उहाँका दुई छोरालाई भेट्नु हुने जो कोहिले पनि हर्कलाल लोहारसँग सम्पर्क गर्न देवर लोहारले आग्रह गर्नुभएको छ । उक्त परिवार सात महिनाअघि रोजगारीका लागि भारत गएको थियो । श्रीमान् लोहार सिमलामै रहनुभएको छ ।